loader

Breaking News

50 दिन बित्यो अझसम्म पत्तो लागेको छैन ईशानको

Image
 

50 दिन बितिसक्यो तर अझै पनि नानी ईशान गुरुङको पत्तो लाग्नसकेको छैन। 
छोरा छिट्टै फर्किनेछ भन्ने आशामा बाटो कुरी बसेका छन् घरमा ईशानका बाबु किशोर गुरुङ अनि आमा सुनीता गुरुङ...
गाउँमा दशैं आयो खुशियाली छायो तर ईशानको घरमा यसपालि दशैं आएन  छोरो निखोजको हुनु पीड़ा छातीमा खिलेरै आमा-बाबुले यसपालिको दशैं बिताए..... 
8 अक्टोबर..... घरमा छोरा नभए पनि ईशानको जन्मदिन मनाइयो.... छोरा छिट्टै फर्किने आशाको दीयो जलाइयो...... 
गत 23 अगस्त शनिबार साँझ 5 बजीतिर सिलगढ़ीदेखि केही टाढ़ा सेवोकछेउ 10 माइल फरेस्ट बस्तीबाट 14 वर्षीय ईशान गुरुङ निखोज बनेका थिए।  बालक निखोजपछि पुलिसले घटनाको जाँच गर्न एउटा कमिटी गठन गरिएको बताएको थियो। तथापि, आजसम्म ईशानको कुनै पत्तो लागेको छैन। 
आखिर ईशान कहाँ गए त?
उनी निखोज हुनुको पछि कारण के होला त?
के उनलाई अपहरण गरिएको हो त?
आखिर ईशान कहाँ छन् होला..... ?
उनको निखोज हुनुको रहस्यभित्र आजपर्यन्त यस्ता कैयौं प्रश्नहरू उठिरहेकै छन्...
ईशानबारे पुलिसलाई सोद्धा खोजी कार्य जारी रहेको र पुलिस यस घटनाको जाँचमा लागिपरेको बताइने गरिन्छ।  यद्यपि हालसम्म भने ईशानको कुनै पत्तो लाग्नसकेको छैन। 
अर्कोतिर, घटनाका प्रत्यक्षदर्शीहरूको बयानमा पनि एकरूपता देखिएको छैन।
आमा-बाबु आज पनि सबैसँग गुहार लगाइरहेका छन्.... छोरा फर्किआउने आशा सबैसित बाँड़िरहेका छन्.......
घरमा चकमन्नता छाएको छ.... आमा-बाबा, दिदी अनि आफन्तहरू ईशानको बाटो कुरिबसेका छन्....... छोरा छिट्टै घर फर्किने आशामा छन्.....


Leave a Comment